३९ लाख ठगीकोे आरोपमा तिवारी पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 569 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जग्गा खरिद बिक्रीमा ठगी गरेको मुद्धामा फरार रहेका एक अभियुतmलाई तीन महिना पछि बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी बर्ष ३५ का अशोक तिबारी रहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । उनलाई असार २८ गते पक्राउ गरेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी शशिकान्त यादवले जिल्ला प्रहरी कार्यालय बारामा तिवारी र अर्का कलैया उपमहानगरपालिका २७ बस्ने घनश्याम पाण्डेयमा ठगी मुद्धा दर्ता भई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भर्ई फरार रहेका थियो ।

फरार रहेका ति दुई जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाराको नाममा आदेश गरेको अधारमा प्रहरीले ति दुईलाई बिगत ३ महिना देखि खोजी कार्य गरिरहेको थियो प्रवतmा मिश्रले भने । तिवारी पक्राउ परेपनि पाण्डेय भने फरार रहेको प्रहरी प्रवतmा मिश्रले बताए ।

पक्राउ परेका तिवारीलाई जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसंन्धान भईरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । राजनितिक संरक्षणका कारणले तिवारी जिल्लाको सदरमुकाम लगायत अन्य ठाँउमा घुमफिर गरिरहेको थियो तर पनि पक्राउ परेका थिए ।

पाप धुरीबाट कराउन्छ भने कुरा ढिलै भएपनि साबित भएको र राजनितिक संरक्षणले कानुन तथा प्रहरी प्रशासनलाई गुमराह केहि क्षणिक समयको लागि रोक्ने भएपनि लामो समय सम्म नटिक्ने तिबारीको पक्राउले साबित गरिदिएको पिडित यादवले बताए ।

सत्यको जीत हुन्छ भने बिश्वास फेरिपनि एक पल्ट जलन्त उदाहरण बनेको छ । कानुनको अगाडी जोकोहीलाई एक दिन घुटा टेक्नु नै पर्दछ उम्केर धेरै दिन भाग्न सकिदैन यादवको भनाई रहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review