कतिपय कानुनहरु मिडिया मैत्री नहुँदा समस्या आएको : अध्यक्ष बस्नेत

रञ्जन यादव
294 पाठक संख्या

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र पत्राकारीतासंग सम्बन्धीत् कतिपय कानुनहरु मिडिया मैत्री नहुँदा समस्या आएको बताएका छन ।

मिडिया र पत्रकारहरु कमजोर हुदा राज्य र राज्यसत्ता तानशाह बन्दै जाने बताउदै अध्यक्ष बस्नतेले मिडियाहरु कमजोर हुदै जाता जनताको सुचना पाउने अधिकार पनि बन्चित हुदै जाने जनाए ।

उनले देशका हरेक परिवर्तमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य अझैपनि संवेदनशिन बन्न नसकेको आरोप लगाए ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ बाराको समन्वयमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष बस्नेतले पत्रकारहरुलाई दल र कुनैपनि संगठनको निहित स्वार्थ भन्दा माथी उठेर साझा पत्रकारको रुपमा काम गर्न आग्रह गरेका छन । उनले पेशा प्रति मार्यादित र जिम्मेवार हुदै जनउत्तरदायी भएर कलम चलाउन आग्रह गरेका छन ।

यसैगरी कार्यक्रममा सम्बोधन गर्दै काउन्सिलका सदस्य ठाकुर वेल्वासे र मुख्य अधिकृत झविन्द्र भुषालले पहिलो बन्ने होडबाजी र अस्वस्थ्य प्रतिस्पर्दाले गर्दा समाचार प्रति जनविश्वास घट्दै गएको बताएका छन । उहाहरुले समाचारमा हुुनुपर्ने आधारभुत सिद्धान्तलाई टेकेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन ।

कार्यक्रममा बाराका विभिन्न पत्रपत्रिका,अनलाईन, एफएमका प्रतिनिधिहरुले भोग्दै आएको समस्या र चुनौतीका बारेमा काउन्सिलका अध्यक्ष बस्नेतलाई अवगत गराएका थिए ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाई, पत्रकार महासंघ बाराका पुर्वअध्यक्षहरु गुरुप्रसाद गौतम, लक्ष्मि साह, वरिष्ठ पत्रकार सत्यप्रकास श्रेष्ठ, गोकुल घोरासाईने, उपेन्द्र ठाकुर, महासंघ बाराका पुर्वउपाध्यक्ष राकेश पाण्डे, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी लगायतकाले बारामा पत्रकारीता र पत्रकारहरुको समस्याका वारेमा अवगत गराएका थिए ।

Leave a review

This will close in 0 seconds