छठघाट सजाउने कार्य अन्तिम चरणमा

राम मण्डल
387 पाठक संख्या

छठ पूजाको लागि छठघाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाको लागि अहिले वीरगञ्ज महानगरको बिभिन्न वडामा घाट सजाउने कार्य धमाधम भईरहेको छ ।

विशेष गरी वीरगञ्जको घडिअर्वा,रानीघाट,नगवा लगायतका छठघाटहरुको सजावट अहिले अन्तिम चरणमा पुगेको छ ।

घाट सजावटको लागि स्थानीयबासीसंगै नेता कार्यकर्ता जनप्रतिनिधि लगायतले पनि काम गर्दै आएका छन् ।आईतबार परेको सझिया घाटसम्म महानगरको सबै छठघाटहरु सजाइ सक्ने गरी सजावटको कार्यहरु भईरहेका छन् ।

घाट सजावटको लागि कतिपय स्थानमा लाखौ रकम समेत खर्च भएका छन ।छठ पूजाको लागि नगवामा रहेको छठघाटलाई सजाउने कार्य भईरहेको तथा टेन्ट,झालर बती छठ ब्रतालुहरु बस्ने ठाउँ लगायतको कार्यहरु गरेको वीरगञ्ज १६ नगवा छठ पूजा समितिका अध्यक्ष सुरेशकुमार महताले बताए ।

नगवा छठघाटकै सजावटमा स्थानीयबासीहरुले पनि सहयोग गरिरहेका छन् ।छठ पूजाको आस्था भएकाले हरेक बर्ष जस्तै यस बर्ष पनि घाट सजावटमा लागेको स्थानीय बुलेट साह कानुले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाको शहरी क्षेत्रसँगै ग्रामीण भेगका छठघाटको पनि उतिक्कै जोडतोडका साथ सजावट गर्ने कार्य चलिरहेको छ ।

वीरगञ्ज महानगरपालिका ३० लालपर्सास्थित छठघाट सजावटको लागि स्थानीयबासीहरु मिलेर दिनभरी काम गर्दै आएको स्थानीय युवा सुभाष साहको भनाई छ ।

तराई मधेसको सबै भन्दा ठुलो र आस्थाको पर्व भने चिनिने छठ पूजामा नजिकैको तदी तलाउ पोखरी लगायतका स्थानमा बनाइएको छठ घाटमा गएर ब्रतालुहरुले पूजा गर्ने र अर्घ दिने गर्दछन ।जसका कारण छठपूजामा पूजा गरिने घाट सजाउने कार्य विशेष रुपले हुने गरेको छ ।

Leave a review