पालिकालाई बदनाम गर्नका लागि भ्रष्टाचारको आरोप लगाईएको छ – सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव

साझेदारी दैनिक
513 पाठक संख्या

कलैया : राजेश कुशवाहा / बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले पालिकालाई बदनाम गर्नका लागि भ्रष्टाचारको आरोप लगाईएको बताएका छन्।

अध्यक्ष यादवले आईतबार आफनो कार्यकक्षमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्। उनले आफुलाई बदनाम गर्न विभिन्न षडयन्त्र भईरहेको समेत बताए। पालिकाले गरेको विकासको कार्य हेर्न नसकेर विकास बिरोधी तत्वहरु यस्ता गतिविधिमा लागेको उनको भनाई रहेको थियो।

सुवर्ण गाउँपालिका वडा नम्बर ५ स्थित नें रा.माध्यमिक विद्यालयलाई बाल मैत्री विद्यालय बनाउनका लागि हिउदे गाउँ सभा बाट साढे ६ लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए।

उक्त विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि साढे २१ लाख रुपैयाँ अहिले सम्म खर्च भईसकेको अध्यक्ष यादवले बताए ।उनले विकासको एउटै दर रेटमा रहेर काम गरिएकोमा कसरी भष्ट्राचार भयो भन्ने विकास विरोधी तत्वसंग पत्रकार सम्मेलन मार्फत प्रश्न गरे।

उनले आपरुले भ्रष्टाचार गरेको भए प्रमाण पेश गर्न समेत चुनौती दिए।उनले सुवर्णगाउँपालिका बासी संग विकास विरोधी तत्वहरुको कुरामा नलाग्न आग्रह गरे। उनले जिर्ण रहेको विद्यालयलाई पालिकाले नमुना विद्यालय बनाउन लागी परेको जानकारी दिए।

यही माघ २४ गते वडा अध्यक्ष रामएकबाल साह,वीरेन्द्र यादव,बिनोद यादव लगायतकाले पत्रकार सम्मेलन गरि आफु माथि लगाएको भ्रष्टाचारको आरोप झुठो रहेको उनले बताए।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्र्रशासकीय अधिकृत सुजितकुमार यादवले उक्त विद्यालयको पर्खाल,कक्षा कोठाको झयाल,छत ढलान समेत गरिएको बताए। उनले विद्यालयको भौतिक पूर्वाधारको धेरै काम भईसकेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष पुनम देवी यादव,वडा नम्बर १ का वडा अध्यक्ष बिदयानन्द यादव,२ का वडा अध्यक्ष रन्जित प्रसाद यादव,३ का वडा अध्यक्ष रामक्षेत्री प्रसाद यादव,४ का झकड प्रसाद यादव,६ का शिवधारी दास तत्मा,७ का जितेन्द्र प्रसाद यादव,कार्यपालिका सदस्य लक्ष्मी देवी यादव,धनेश्वरी देवी तत्मा,शिक्षा समितिका संयोजक नरेश प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।

Leave a review