रामनगरमा निशुल्क आँखा (मोतिविन्दु) परिक्षण शिविर

सन्तोष पाण्डे
792 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उमनपा १७ रामनगरमा सम्पन्न निशुल्क आँखा (मोतिविन्दु) परिक्षण शिविर मंगलबार सम्पन्न भएको छ ।

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयको सहयोगमा औराहा आँखा उपचार केन्द्र सिमराको आयोजनामा उक्त शिविर संचालन भएको हो ।

शिविरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतानले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा दुई सय २७ जना बिरामीहरुले आखाको चेकजाँच गराएका थिए । चेकजाँच गरेका मध्ये ४७ जना मोतिबिन्दु सल्यक्रिया गर्नु पर्ने बिमारी पत्ता लाग्यो जसको हो ।

शिविरमा चेकजाँच गराएका मध्येबाट फेला परेका मोतिया विन्दुका विरामीहरुलाई यही फागुन २६ सोमबारका दिन आँखा अस्पताल ओैराहामा गरिने सहकारी संस्थाकी अध्यक्ष कोपिला सिंम्खडाले बताईन ।

चेकजाँच जाच गर्न आउनुहुने बिमारीहरुलाई आवश्यक ओैषधी दिई आँखाको सुरक्षाका लागी अपाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराईएको अध्यक्ष सिंम्खडाले बताईन ।

Leave a review

This will close in 0 seconds