कलैया सिटी जेसिजको १४ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सर्वसहमतिले अध्यक्षमा जेसि पवन कुशवाहा चयन भएका छन् ।
कलैयास्थित रहेको दास गेष्ट हाउसको सभाहलमा शनिबार कलैया सिटी जेसिजको १४ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भएको हो ।
कलैया सिटी जेसिज २०२३ का अध्यक्ष जेसि सुभाष जयसवालको सभापतित्वमा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा २०२३ का महासचिव आदिल अन्सारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदिप कुशवाहाले पेश गरे ।
अधिवेशनको अवसरमा सन्दिप यादव,शेषनाथ पासवान,आकाश गुप्ता,अरविन्द साह,विजय यादव,रामस्वरुप प्रसाद साह र मुकेश स्वर्णकार गरी सात जनालाई नयाँ सदस्यता दिइएको छ ।
प्रत्येक वर्ष हुँदै आएको जेसिजको यो अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा सिए प्रदिप कुशवाहा र गणेश ठाकुरलाई सर्वसहमतिबाट चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा सुरज कुमार गिरि,मनिष चौरसिया,आकाश गुप्ता र शेषनाथ पासवानलाई अधिवेशनले चयन गरेको छ ।
कलैया सिटी जेसिज बारा २०२३ का अध्यक्ष सुभाष जयसवालले उक्त अवसरमा नया सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
उनले नयाँ चयन भएका पदाधिकारीहरुलाई बधाई एवम् आगामी कार्यकालको सफलताको कामना व्यक्त गरे ।
सिटी जेसिज एरिया बि बाट उत्कृष्ट शाखाको रुपमा जेसिज अफ द मन्थ जुन २०२३ अवार्ड प्राप्त गर्न कलैया सिटी जेसिज कलैया शाखाले सफल भएको २०२३ का अध्यक्ष जयसवालले बताए ।
अमृता अनाथाश्रममा होलि मिलन तथा खाद्यान्न सामाग्री वितरण कार्यक्रम,बुस्ट आवर सेल्फ तालिम,लोम अफिसर ट्रेनिङ तालीम,सिद्धेश्वर खेलमैदानमा वृक्षारोपण कार्यक्रम,सरसफाई कार्यक्रम,आकस्मिक रक्तदान कार्यक्रम,कलैया सिटी जेसिज सप्ताह कार्यक्रम,प्रादेशिक अस्पताल कलैयामा विरामीहरुलाई फलफूल वितरण कार्यक्रम,अमृता अनाथ आश्रममा बनभोज कार्यक्रम,ट्राफिकको नियम पालना गर्नु पर्ने सचेतना कार्यक्रम,कलैयामा नि.शुल्क मोटरसाइकल सर्भिसिङ्ग कार्यक्रम,बिंगो ह्ङ्गामा नाईटस जस्ता विभिन्न कार्यक्रमहरु २०२३ मा संचालन गरेको जयसवालले बताए ।
पुर्व अध्यक्ष जेसि धलिलाल सरार्फ,गंगा सागर कुशवाहा,वृजकिशोर साह,विपिन चौधरी,रामबाबु कुशवाहा,राजेश कुशवाहा,रामबालक यादव,शम्भु गुप्ता,स्थापक उपाध्यक्ष अनिल कुशवाहा,राजेश कुशवाहा,कलैया उपमहानगरपालिका वार्ड नम्बर –२ का वार्ड अध्यक्ष राजेश मण्डल,डाक्टर मुकेश यादव,प्रज्ञय अधिकारी,२०२३ का उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादव,बोर्ड सदस्य राजा जयसवाल र कलैया सिटी जेसिज कलैयाका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।
शाखा अधिवेशनको मुख्य निर्वाचन अधिकृत २०२२ का अध्यक्ष जेसि सन्दिप बरै रहेका थिए।
सो कार्यक्रममा स्वागत कलैया सिटी जेसिज २०२३ का अध्यक्ष सुभाष जयसवालले गरेका थिए भने कार्यक्रमको संचालन २०२३ का महासचिव आदिल अन्सारीले गरेका थिए ।
शासन व्यक्तिको होईन,विधिको हुनु पर्दछ भन्ने मूल नाराका साथ कलैया सिटी जेसिजको १४ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको हो ।

