बारा प्रहरीले चर्को आवाजमा ढिजे बजाउने व्यक्तिलाई साउण्ड सिस्टम सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको कलैया उप–महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा बजाउदै रहेको अवस्थामा प्रहरीले साउण्ड सिस्टमलाई नियन्त्रणमा लिएको हो ।
नेपाल सुनिल बैण्ड कलैया बाराका बैण्ड सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको कलैया उप–महानगरपालिका वडा नं.९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।

