कलैयामा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
454 पाठक संख्या

कलैयामा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ बाराको सभाहलमा विश्व उपभोक्ता दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग कार्यालय बाराको आयोजनामा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

बिश्व उपभोक्ता दिवस मार्च १५ का दिनमा स्थापना भएको त्यसलाई सम्मmदै र अगामी दिनलाई अझै सरल र सुलभ तरिकाले उपभोक्ताहरु सचेत गराउदै कार्यक्रम आयोजना गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय बाराका सहायक शाखा अधिकृत अलिशरण अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बारा उद्योग बाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साह रहेका थिए ।

उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका मधेस प्रदेस सदस्य अरुण खनाल,नगर सह– सचिव रमेश साह र शशी केशरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक राजस्व कार्यालय सिमरा कार्यालयका कर अधिकृत पप्पुकुमार गुप्ताले ३० लाख सम्म कारोबारले उपमहानगर पालिकामा भए सात हजार पाँच सय,नगर पालिकामा चार हजार,गाउँपालिका भए २ हजार ५ सय राजस्व लाग्ने समय भित्र आर्थिक वर्षको विवरण र कर तिर्नु पर्ने र जरिवाना बाट बच्ने,स्थाई लेखा नम्बर लिएर मात्र कारोबार गर्ने,बिल नियम अनिवार्य लिने दिने तथा खाता अध्यावधिक राख्नु पर्ने बताए ।

बजार व्यवस्थापन र व्यवसायी राम्रो र सुदृढ चलाउन आ–आफ्नो जिज्ञासा उद्यमीहरुले राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा उद्योग बाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साहले बजार व्यवस्थापनमा उपभोक्तालाई ध्यानमा राखी काम गर्न आग्रह गरे । व्यवस्थापन क्रममा उपभोक्ता र व्यापारीको नङ र मासुको सम्बन्ध हुन्छ,सरकार संग प्रष्ट नीति नहुदा कम्पनी र बस्ती कहाँ हुनु पर्ने त्यो प्रष्ट गर्न अनुरोध गरे ।

खुला सिमाना हुदा बजार ब्यवस्थापनमा र व्यापारी मारमा छन् ।भारतको सामानमा कर लगाउदा बजार टोओडि टेन्स सिस्टम लगाउदा राजस्व बढी उठने, महिला उल्मी हुदा प्रत्येक दिन हिसाब राख्न गार्हो छ उनले भने ।

निकोटोनको कुरा गर्दा सानो पसलले कसरी हिसाब राख्ने,घरेलु खारेजी हुदा व्यापार बन्द भयो तर राजस्व कसरी तिर्ने त्यसलाइ व्यवस्था गर्न प्रमुख अतिथि साहले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु तथा साना उद्योग कार्यालय बाराका सहायक शाखा अधिकृत अलिशरण अन्सारीले उद्योग दर्ता गर्दा पेश गर्नु पर्ने कागजात,साझेदारी फर्मको दर्ता तथा नविकरण दस्तुर,प्राइभेट फर्म राजिष्ट्रेशन दस्तुर तथा प्राइभेट फर्म नविकरण दस्तुर बारेमा बताएका थिए ।

महिलाको नाममा उद्योग दर्ता गराउनेमा ३५ प्रतिशत,वाणिज्य दर्ता तर्फ महिला,दलित तथा अपांगका लागि ५० प्रतिशत दर्ता शुल्कमा छुट हुने उनले बताए ।

घरेलु जरिवाना हटिसकेको छ र १० वर्ष पुरानो फर्मको नविकरण हुदै छ उनले जानकारी दिए ।

समयमा आफ्नो फर्मको कर तिर्न र नवीकरण गराएर जरिवानाबाट बाच्न समेत उनले आग्रह गरे ।

बजार अनुगमन छिटै गर्ने,समान बेच्दा विल काट्ने,बजार अनुगमनको बेला सटर बन्द नगर्न र समानको डेट सकिसकेको समान नबेच्न समेत उनले आग्रह गरे ।

उक्त कार्यक्रममा बारा उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह,महासचिव रामअषिश साह,उपभोक्त हित संरक्षण मञ्चका केन्द्रिय सदस्य नरेश मोदक,बारा उद्योग बाणिज्य संघका सदस्य वीरेन्द्र साह,शशी केशरी,बृजकिशोर साह,मुकेश गुप्ता,उपभोक्ता संरक्षण मञ्चका कलैया नगर अध्यक्ष बैधनाथ साह,महिला उद्यमी र व्यापारी लगायतको उपस्थिति रहेको थियो।

घरेलु तथा साना उद्योग कार्यालय बाराका कम्प्युटर ओपरेटर उपेन्द्र यादवले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक शाखा अधिकृत अमोद यादवले गरेका थिए ।

Leave a review