गरुडा : करण कुमार मिश्र/रौतहटको जयनगरमा शाखा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले शिवनगर स्थित विश्वकर्मा मन्दिरमा सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाले गरुडा नगरपालिका– ५ स्थित शिवनगर महादेव मन्दिर नजिकै रहेको बाबा विश्वकर्मा मन्दिरमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर १५ थान कुर्सी १ थान फोहर व्यवस्थापन गर्ने डस्पिन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
उक्त वित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय जयनगर मार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।
नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्माको अध्यक्षता भएको उक्त हस्तान्तरण कार्यक्रममा वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष ध्रुव गिरिको रोहवारमा मन्दिर लाई उक्त सामग्री हस्तान्तरण गरिएको वित्तीय संस्था जयनगर शाखा प्रमुख बाल कृष्ण साहले जानकारी दिए ।
यसैगरी मंगलबार नैशिवरात्रीको अवसरमा लघुवित्त संस्थाका कर्मचारी तथा मन्दिर समितिका सदस्यले मन्दिर प्राङ्गणमा सरसफाई गरेका छन ।
संस्थाले मन्दिर प्राङ्गणमा हुने विभिन्न धार्मिक एवं अन्य कार्यक्रममा विश्वकर्मा मन्दिर आउने श्रद्धालुहरुलाई बस्न कठिनाइ नहोस् भन्ने उदेश्यले १५ थान कुर्सी सहयोग गरेको शाखा प्रमुख साहले बताएका छन् ।


