छ जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
513 पाठक संख्या

कलैया । बारा प्रहरीले छ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेको अवस्थामा उनीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा अस्थायी प्रहरी चौकी गंगापुरले सोमबार पक्राउ गरेको हो।

चोरी मुद्दामा एक महिना कैद सजाय पाएका र १० हजार दण्ड सजाय पाएका कलैया उपमहानगरपालिका वडा नं.२३का महेशप्रसाद कुशवाहालाई पक्राउ गरी अदालतमा दाखेल गरेको हो।

लागु औषध मुद्दामा दूई वर्ष दूई महिना कैद सजाय पाएका तथा एक लाख २० हजार दण्ड जरिवाना लागेका कलैया १८ का मुस्ताक अंसारीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको हो।

कुटपिट,लुटपिट मुद्दामा तीन हजार रुपैयाँ जरिवाना सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर ३ का रमेशप्रसाद यादव,सोही ठाउँका महेशप्रसाद यादव एवम् विसमतिया देवीलाई प्रहरीले पक्राउ गरेको हो।

चोरी मुद्दामा दुई दिन सजाय पाएका र दुई हजार दण्ड जरिवाना पाएका कलैया ३ का गणेश पटेललाई प्रहरीले पक्राउ गरी अदालतमा दाखेल गरेको हो।

Leave a review

This will close in 0 seconds