बारामा मंगलवारदेखी निषेधाज्ञा खुकुलो पारिने,१० बजेदेखि ४ बजेसम्म पसलदेखि कार्यालय सम्म खुल्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 715 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारामा मंगलवारदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ ।मंगलवारदेखी खाद्यन्न देखि अतिआवश्यक बस्तुहरु बिहान १० बजेदेखि चार बजेसम्म खुल्ने भएका छन् ।  सोमवार बसेको बिपत्त ब्यवस्थापन तथा सुरक्षा समितिको बैठकले साउन १६ गतेदेखि जारी निषेधाज्ञा खकुलो पार्ने निर्णय गरेको हो ।

समितिको निणर्य अनुसार खाद्यन्न, किराना पसल, ग्यास, ईन्धन, दुद्य डेरी, तेल, घिउँ, मरमसाला लगायतका अन्य पसलहरु बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोल्ने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन ।  स्थानीय बजारको जनघनत्व तथा भिडभाडको अवस्थालाई हेरी सम्बन्धित स्थानीय तह तथा उद्योग बाणिज्य संघको सहकार्यमा बजार सञ्चालनको मापदण्ड थप  तयार पार्न सक्ने अधिकार दिएको छ ।

सरकारी तथा सार्बजनिक सेवा प्रबाह गर्ने कार्यालयहरुको  कार्यालय प्रमुख सहित पचास प्रतिशत स्थानीय, आवासिय कर्मचारीहरु मार्फत कार्यालयको कार्य सम्पादान गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रत्यक्ष जनसम्पर्क हुने कार्यालहरुले स्थानीय तह अनुसारको आलोपालो सेवा प्रबाह हुने गरी भाद्र १७ गते देखि सेवा प्रबाहको ब्यवस्था मिलाईएको छ । अतिआवश्यक सेवाकोलागि दैनिक प्रयोग हुने सवारी साधनहरु खानेपानी, खाद्यन्न ,दुध ,ग्यास ,औषधी ,एम्बुलेन्स ,हुलाक र बैक बाहेक अन्य सवारी साधनहरु संचालनमा पुर्ण रुपमा बन्देज लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

सार्बजनिक स्थल, पसल, अस्पताल ,बजार ,सार्बजनिक कार्यालयहरु ,उद्योग ,ब्यवसाय ,सार्बजनिक निर्माण स्थलमा कार्य गर्दा वा गराउँदा दुई मिटरको दुरी अनिवार्य कायम गर्नुपर्ने नियम बनाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review