कलैया : ईमामी लिमिटेडको नवरत्न विट मसाज २०२५ को अभियान बाराबाट शुरु भएको छ। ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराउने जनाइएको छ। अभियान अन्तर्गत २ मिनेटमै टाउको दुखेको,शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ।
भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको प्रचार प्रसारको लागि यो अभियान शुरु गरेको हो।
उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर संचालन गरिने कम्पनीले जनाएको छ।
अभियानको पहिलो दिन अर्थात जेष्ठ ११ मा बाराको सिम्रौनगढ शहरको सिम्रौनगढ बजारमा विट मसाज गरिएको छ। दोस्रो दिन जेष्ठ १२ गते कलैया बजारमा सैलुन र मोबाइल स्टलमार्फत उपभोक्ताहरुलाई नवरत्न तेलको ठण्डा–ठण्डा कुल कुल अनुभव गराइएको थियो।
यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ। यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ।


