बारा प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जिल्लाको निजगढ नगरपालिका वडा नं.१३ भक्तलाल टोल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेको
लागु औषध गाँजा र नगद नेपाली दुई लाख सात हजार रूपैया बरामद गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको निजगढ नगरपालिका वडा नं.१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबा रहेको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा २ सय १६ किलो सहित ना ३९ प २४५३ नं. को २२० पल्सर मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
वाईबालाई समेत नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

