वीरगञ्ज : बिल बिजक भन्दा बढीको औषधि लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोकमा ना.३ ख ६९७१ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले जाँच गरेको थियो।
वीरगञ्जबाट सप्तरीतर्फ जादै गरेको उक्त ट्रकमा जाँचको क्रममा लोड रहेको सामान बिल बिजक भन्दा बढीको रहेको प्रहरीको आशंका थियो।
ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

