पत्रकार महासंघ प्रदेश दुईको प्रादेशिक बैठक अम्लेखगंजमा सम्पन्न्न,प्रदेशका सवै जिल्लाका सदस्यता वारे छानविन गर्न समिति गठन

साझेदारी दैनिक
740 पाठक संख्या

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को बैठकले नम्बर २ का ८ वटा जिल्लाहरुको सदस्यताको बारेमा छानबिन गर्ने निणर्य गरेको छ ।

वैठकले सदस्यता छनविन गर्नका लागि प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको संयोजकत्वमा ७ सदस्यी पदाअधिकारीहरुको समिति बनाएको प्रदेश सचिव गुरुप्रसाद गौतमले जानकारी दिएका छन ।

समितिमा उपाध्यक्ष केसि लामिछाने, महिला उपाध्यक्ष रिंकु मिश्र गायत्री, महासचिव किरण कर्ण, सचिव गुरुप्रसाद गौतम, आरएन विस्वास र कोषाध्यक्ष प्रविन साह गरि ७ सदस्यी समिति चयन गरेको छ ।

समितिले १५ दिन भित्रमा विवाद देखिएको जिल्लाहरुमा सरोकारवाला निकायहरुसंग संगै जिल्लामा रहेको महासंघ प्रादेशिक समितिका सदस्यहरुको रायबिचार समेत लिई प्रतिवेदन तयार गरि समितिको पुर्ण बैठकमा पेश गरि अनुमोदन समेत गराउने निर्णय भएको सचिव गौतमले बताए ।

महासंघको प्रादेशिक वैठक बाराको पर्यटकीय नगरीको रुपमा रहेको अमलेखगंज हातीसारमा भएको थियो ।

Leave a review