होलीमा जेसिजद्वारा अनाथ आश्रममा खाद्यान्न सामाग्री वितरण

संदिप प्रसाद यादव
800 पाठक संख्या

कलैया सिटी जेसिजले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

जेसिजले शनिवार कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अमृता अनाथ आश्रममा होलीको शुभकामना आदानप्रदान तथा खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कलैया सिटी जेसिज परिवारले आयोजना गरेको उक्त कार्यक्रममा अनाथ आश्रमका बाल बालिकाहरुलाई खाद्यान्न सामाग्री समेत वितरण गरिएको थियो ।

कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष राजेश महतो रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष महतोले आउने वर्षमा वार्डको सहयोगबाट अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई भ्रमणमा लग्ने प्रतिबद्धता गरेका थिए ।

यस्तै कार्यक्रममा अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतले कलैया सिटी जेसिजले २००९ साल स्थापना देखी नै हामीलाई सहयोग गर्दै आउनु भएको बताइन्। अनाथ आश्रममा १७ जना बालबालिकाहरु रहेको र यस्ता कार्यक्रमले बालबालिकाहरु धेरै नै खुशी हुन्छन् उनले बताइन् ।

कार्यक्रममा कलैया सिटी जेसिज २०२१ का अध्यक्ष एवम् २०२४ का प्रमुख सल्लाहकार जेसि शम्भु गुप्ता, २०२२ का अध्यक्ष सन्दीप बरै लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

जेसिजले अनाथ आश्रमलाई चामल,अण्डा,मासु,कोक,चिउरा, भुजा ,जाम,पाउरोटी,बिस्कुट,दाल,जेरी जस्ता अन्य खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

त्यस्तै सदरमुकाम कलैयामा रहेको दास गेष्ठ हाउसमा कलैया सिटी जेसिजले होली मिलन समारोह आयोजना गरि पुर्व अध्यक्ष तथा वोर्डका पदाधिकारी तथा सदस्यहरुसंग होली मनाएको थियोे ।

उक्त कार्यक्रममा कलैया सिटी जेसिजका आजिवन सदस्य बैजु दास,कार्यकारणी उपाध्यक्ष गणेश ठाकुर,कोषाध्यक्ष ओम प्रकाश सरार्फ,उपाध्यक्ष मनिष चौरसिया,आकाश गुप्ता र शेषनाथ पासवान,२०२४ का अध्यक्ष पवन कुशवाहाका सल्लाहकार रामबालक राउत अहिर,रामबाबु कुशवाहा,राहुल सरार्फ,पुर्व अध्यक्ष,वोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रमको संचालन कलैया सिटी जेसिज २०२४ का महासचिव राजकुमार गिरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds