लागू औषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
527 पाठक संख्या

बारा प्रहरीले लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकल शंकास्पद लागि रोकी जाँच गर्ने क्रममा लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकलको पेट्रोल ट्याकि भित्र लुकाई छिपाई राखेको लागु औषध प्रहरीले बरामद गरेको छ ।

पक्राउपर्नेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने अन्दाजी २४ वर्षीय सुभराज मोक्तान र मोटरसाइकलको पछाडी सवार सोही उपमहानगरपालिकाका वडा नम्बर ४ बस्ने अन्दाजी २२ वर्षीय निरज गोले रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट ओनेरेक्स्स सिरप एक सय एम.एलको अनरेक्स सिरप एक सय एमएलको ३९ वटा बोतल प्रहरीले बरामद गरेको छ ।

लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत,कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds