नारायणी अस्पतालमा गरिएको परिक्षणमा १ सय ९३ जना संक्रमित थप

साझेदारी दैनिक
साझेदारी दैनिक 616 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार राती अस्पतालको प्रयोगशालामा २ सय ८० जनाको परिक्षण गर्दा पर्साका सबै भन्दा बढी ब्यक्तिमा संक्रमण देखिएको हो । अस्पतालमा गरिएको परिक्षणमा कुल १ सय ९३ जनामा कोरोना पुष्टि भएकोमा पर्सामा मात्रै १ सय ५१ जनामा संक्रमण देखिएको छ ।

सोही अस्पतालको ल्याबमा गरिएको परिक्षणमा बाराका ३० जनामा, रौतहटका ४ जनामा, सर्लाहीका ३ जनामा, चितवनका २ जनामा नवलपरासी र बर्दियाका एक एक जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review