साढे आठ लाखको सामान भन्सार चलान

साझेदारी दैनिक
332 पाठक संख्या

भन्सार छली ल्याइएको विभिन्न किसिमका सामानहरु कारवाहीको लागि पर्सा प्रहरीले भन्सार कार्यालयमा चलान गरेको छ ।

वीरगञ्ज महानगरपालिका १६ रजत जयन्तीबाट तस्करी गरि ल्याइएको सामानहरु प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले आठ लाख ५८ हजार ५२० मुल्य बराबरको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

Leave a review