शिक्षक संघ बाराको २३ औं जिल्ला प्रतिनिधि बैठक सम्पन्न

संदिप प्रसाद यादव
353 पाठक संख्या

नेपाल शिक्षक संघ बाराको २३ औं जिल्ला प्रतिनिधि सभा कोल्हवीमा सम्पन्न भएको छ ।

बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर २ गहुमीमा रहेको होटल मिस्तिक तराईको सभा हलमा भएको संघ बाराले आयोजना गरेको २३ औं जिल्ला प्रतिनिधि सभा बुधबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

कार्यक्रम गुणस्तरीय शिक्षाको आधार मर्यादित शिक्षण पेशाको पुर्वाधार मुल नाराका साथ २३ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न छ ।

नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका नगरप्रमुख राम प्रसाद चौधरीले कार्यक्रमको उद्घाटन गर्नु भएका थिए ।

उक्त कार्यक्रममा ५ वटा प्रस्तावहरु माथि छलफल गरि निर्णय गरिएको शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले जानकारी दिए ।

उनका अनुसार तलब भत्ता,अस्थायी शिक्षकहरुको पदस्थापन,शिक्षक महासंघ गठन र शिक्षक एन २०२८ लाई पारित गराउनमा पहल गर्ने जस्ता बारेमा छलफल गरि निर्णय गरिएको बताए ।

कार्यक्रममा दिवेन्द्र गिरी,हरिनाथ यादव,धुव यादव,नरेन्द्र गिरी,अवधकिशोर गिरी,मनोज प्रसाद यादव,दिवेन्द्र चौधरी,जिल्ला कार्य समितिका पदाधिकारी तथा संघीय प्रतिनिधि,प्रदेश प्रतिनिधि,पालिका अध्यक्ष सहित करिब ३ सय जना शिक्षक कर्मचारीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

नेपाल शिक्षक संघ बाराकी उपाध्यक्ष अनिला चौधरीले स्वागत गरेकी थिइन् भने सो कार्यक्रमको संचालन जिल्ला सचिव शुकदेव यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds