चौरानव्वे लाखको औषधी,खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
253 पाठक संख्या

पर्सा प्रहरीले ९४ लाख १५ हजार सात सय पाँच रुपैयाँ बराबरको औषधी,खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्जको घण्टाघरमा जाँच गरेको थियो ।घण्टाघरस्थित सडकखण्डमा ना.३ ख ५६७१ र ना.०४ ख ५०१ नम्बरको ट्रकलाई प्रहरीले जाँच गरेको थियो ।

दुबै ट्रकमा लोड गरिएका सामानहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।

Leave a review