बिद्यालयलाई काम गर्न नसक्ने प्रअहरुलाई पद छाड्न नगरप्रमुख पौडेल निर्देशन

रञ्जन यादव
272 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रधानध्यापकहरुको बैठकमा नगरप्रमुख राजन पौडेलले बिद्यालयलाई सही दिशा निर्देश गर्न नसकिरहेको प्रधानध्यापकहरुलाई प्रअको कुर्सि छोड्न अनुरोध गर्नुभएको छ ।

आधारभुत तह ( कक्षा ८ )को समिक्षा बैठकमा बिद्यालयका प्रधानध्यापकहरुलाई नगर प्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको शिक्षा निती तथा लक्ष्य अनुरुप दौड्न नसक्ने प्रअहरुलाई प्रअको कुर्सि छोडेर योग्यलाई दिनुपर्ने सल्लाह दिनुभएको छ ।

कक्षा ८ को परिक्षाको नतिजाले उपमहानगरपालिकाको शिक्षाको स्तर देखाएको नगरप्रमुख पौडेलले बताउँनुभयो । बर्षौदेखि कायम शिक्षाको स्तर उजागर भएको कारण चिन्ता लिनुपर्ने वा आलोचना गर्नुपर्ने अवस्था नरहेको बताउँनुभयो ।

उपमहानगरपालिकाले आवश्यक जनशक्ति र उपकरण पठाउँन तयार छ । बिद्यालयका प्रअहरुले शैक्षिक स्तर सुधार्ने जिम्मा लिनुपर्ने तर्क नगरप्रमुख पौडेलले आग्रह गर्नुभयो ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले बिद्यालयलाई शिक्षक जनशक्ति परिपुर्ति गर्ने दिशामा रहेकाले परिपुर्तिले हुनेबित्तिकै बिद्यालयको आवश्यक्ताको आधारमा पठाईने जानकारी दिनुभयो । शिक्षकहरुको क्षमता बृद्धिकोलागि समय समयमा तालिम प्रदान गर्ने उहाँले बताउँनुभयो ।

बैठकमा प्रअहरुले बिद्यालयमा बिषयगत शिक्षक नभएको,अभिभावक शिक्षातर्फ गम्भिर नभएको,बिद्यार्थी नियमित पढ्न नआउँने गरेको, शैक्षिक बाताबरण बिगार्ने काम बाह्य पक्षबाट भएको लगायतको कमीकमजोरीको बिषयमा जानकारी गराएका थिए ।

Leave a review

This will close in 0 seconds