प्रमुख प्रशासकीय अधिकृत साहले गरे दालचिनी क्याफेको उद्घाटन

संदिप प्रसाद यादव
580 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १ भरत चौकमा अवस्थित मुख्य बजारमा दालचिनी क्याफेको सोमबारबाट बिधिवत रुपमा संचालनमा आएको हो ।

सोमबार कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत साहले दालचिनी क्याफेको उद्घाटन गरे संगै उक्त क्याफे संचालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साहले दालचिनी क्याफेले कलैयाबासिलाई भेज खाजा सेट खान बाहिर जानू पर्ने बाध्यता हटेको बताए । दालचिनी क्याफेले कलैयाको आर्थिक बिकाशमा टेवा पुग्ने उनले बिश्वास व्यक्त गरे।

साउथका खाजा सेट ढोसा,ईटली लगायत मो:मो पनिर चिल्ली,चाउमिन भेजको सम्पुर्ण प्रकारका नास्ताहरु पाइने र उद्घाटनको अवसरमा ग्राहकले १५ प्रतिशत डिस्काउन्ट समेत पाउने संचालक बैधनाथ साह कलवारले जानकारी दिए ।

उक्त क्याफे २० लाख रुपैयाँको लागतमा संचालनमा आएको संचालक कलावारले बताए ।

उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेशका सदस्य सुरेश मोदक,नेपाल राष्ट्रिय शिक्षा संगठन बाराका कोषाध्यक्ष जयराम राउत,राजेन्द्र राउत,हृदय राउत कुर्मी,ब्यापारी,नेता,समाजसेवी,सन्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review

This will close in 0 seconds