प्रहरीद्वारा विश्रामपुरबाट काजु बरामद

संदिप प्रसाद यादव
297 पाठक संख्या

बारा प्रहरीले ३० हजार रूपैया बराबरको काजू बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ०४ दशगजा स्थित बाट काजु बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेको ना २६ प ८५५६ स्कुटि चालक प्रहरी टोलीलाई देखी स्कुटि छाडी फरार रहेकोले उक्त स्कुटि र स्कुटिमा लोड रहेको ३० के.जी काजु बरामद गरेको हो ।

उक्त काजुको मूल्य ३० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

काजु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review