वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

वन मन्त्री यादवद्धारा रौतहटमा अपाङ्गलाई छडी र ट्राई साइकल वितरण

सुभाष कुमार मिश्र /
संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय राय यादवले रौतहटका सयौं अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्नुका साथै सहयोगी समाग्री वितरण गरेका छन ।

रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा मंगलवार आयोजित अपाङ्गहरुलाई सम्मान तथा समाग्री वितरण कार्यक्रममा मन्त्री यादवले जिल्लाका विभिन्न पालिकाका शारीरीक रुपमा पुर्णरुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई विभिन्न समाग्री वितरण गरेका हुन ।

मंसिर १७ गते परेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्री यादवले जिल्लाको माधवनारायण नगरपालिका, देवाही गोनाही, गढिमाई, गरुडा, राजदेवी नगरपालिका र दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाका पुर्णरुपमा अपाङ्ग भएका १५ जनालाई ट्राई साइकल वितरण गरेका हुन ।

मन्त्री यादवले २०, २० जनालाई छडी र बैशाखी वितरण गरेका छन भने दुई सय भन्दा बढी अपाङ्गहरुलाई दोसल्ला एवं एक एकथान कम्वल ओढाएर सम्मान गरेका हुन ।

यस्तै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले उपलब्ध गराएको उक्त सामग्रिहरु वन मन्त्री रामसहाय यादवले शारीरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेका हुन । वन मन्त्री रामसहाय र कृषि राज्यमन्त्री योगेन्द्र दुवै जना संयुक्त रुपमा नै उक्त सामग्रिहरु बाँडेका थिए ।

जनता समाजवादी पार्टीका माधवनारयण नगर कमिटिले आयोजना गरेको अपाङ्गहरुलाई सम्मान तथा सामग्रि वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री रामसहाय यादवले जलवायु परिवर्तनका कारण पृथ्वीमा मानव जातिको अस्तित्व नै खतरामा पर्ने सम्भावना बढेको बताएका छन ।

पछिलो समय पृथ्वीमा तापक्रम दिनानुदिन बढ्दै गएको कारण मानव जातिको अस्तित्व पनि गम्भिर खतरामा पर्ने सम्भावना बढ्दै गएको मन्त्री यादवले बताए ।

मन्त्री यादवले भने पछिल्लो समय विश्वभर जलवायु परिवर्तनको मुद्दालाई निकै चासो र चिन्ताको विषय बनाइएको छ, किनकि यसको प्रभावका कारण कालान्तरमा मानवजातिको अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।
यसैविच वन तथा वातावरण मन्त्री रामसहाय यादवले मंगलवार नै माधवनारायण नगरपालिका ६ माधोपुर स्थित श्रीराम जानकी मन्दिर अर्थात (मठ) को शिलान्यास गरेका छन ।

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवकोे संसदीय कोषको लाखौंको लागतमा निर्माण हुन लागेको उक्त मठको मन्त्री यादवले शिलान्यास गरेका हुन ।

सो अवसरमा राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु, जसपाका केन्द्रिय सदस्य रेवन्त झा, विन्देश्वर यादव, चुल्हाई राय, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, जसपाका प्रदेश सदस्य श्याम विहारी यादव, राजकुमार दास, महिला नेतृ एवं गौर नगरपालिकाकी उपप्रमुख किरण ठाकुर, माधोपुरका वडा अध्यक्ष राजिव यादव, नेता विरझन यादव, हरिनारायण यादव, लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!