कटहरिया नपामा कोरोनाको नाममा ब्राह्मलुट, भ्रष्टाचारको बिगबिगी

साझेदारी दैनिक
साझेदारी दैनिक 537 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौशन चौधरी/
कटहरिया नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि आर्थिक वर्ष २०७६÷७७ मा भए गरेका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेको छ ।

कोरोनाको नाममा कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा र अधिकृत रामप्रकाश साहको मिलोमतोमा ३ करोड ३१ लाख ३९ हजार ७ सय ८५ पचासी रुपैयाको भ्रष्टाचार गरेको स्थानियको भनाइ छ ।

मुसा देखाई बिरालो मार्ने दाउ जस्तै खर्च बिवरण सार्वजनिक गरि जनतालाई मुर्ख बनाउने कार्य भएको जनकारहरुको भनाइरहेको छ । मेयर र प्रशासकिय अधिकृत मिली लाखौ रकम हिनामिना गरेको छ।

कवारेन्टीनको खर्च विवरण हेर्दा भ्रष्टाचारको चरम सिमा नाघेको देखिएको हो । कोरोना कोषको खर्चको विषयमा नगरपालिकाको कदम सराहनीय भएपनि आम जनताले बढी रकम खर्च गरि भ्रष्टाचार गरेको स्रोतको दाबी रहेको छ ।

अरु नगरपालिकाले पनि कोरोना कोषको खर्च बारे विवरण सर्जनिक गर्नु जनतालाई बताउन जरूरी रहेको माग उठिरहेको बेला कटहरिया नपाले खर्च सार्वजनिक गर्नु सराहनिय रहेको छ ।

तर हदैसम्म लाखौ रकम खर्च गरि जनतालाई हेराउनु ठिक नभएको स्थानियको भनाइ छ । यस विषयमा नगर प्रमुख कुशवाहासंग बुझन खोजदा मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुनसकेन ।

समाचार शेयर गर्नुहोस
Leave a review