बारा प्रहरीले तीन हजार लिटर कच्चा पदार्थ सहित मदिरा भट्टि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ०६ स्थित घैरघारीमा सञ्चालनमा रहेको अबैध मदिरा भट्ठी नष्ट गरेको हो ।
नष्ट गरिएको कच्चा पदार्थ तीन हजार लिटर अन्दाजी एक लाख ८० हजार रुपैयाँ बराबरको रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार तीन थान ड्रम पनि बरामद भएको छ ।

