देशमा अब राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ – संयोजक महतो

साझेदारी दैनिक
377 पाठक संख्या

राष्ट्रिय मुक्ति क्रन्ति अभियानका संयोजक राजेन्द्र महतोले देशमा राष्ट्रिय मुक्ति क्रान्ति हुने दाबी गरेका छन ।

वीरगञ्जमा मँगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् । नेपालमा राष्ट्रिय मुक्ति क्रान्ति हुने र त्यसलाई कसै रोक्न नसक्ने बताए ।आफु त्यही क्रान्ति हुने कुरामा बिश्वास लिएर वीरगञ्ज आईपुगेको जनाए । अनुभवबाट आफुमा ६५ बर्षको उम्ेरमा पनि ३५ बर्षको उमेर भन्दा हजार गुणा बढी उर्जा आएको उनले बताए ।

देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्ने अठोट लिएको उनले खुलासा गरे ।‘देशमा राष्ट्रिय क्रान्ति हुन्छ यो कसैले रोक्न सक्दैन,यो देशमा राष्ट्रिय क्रान्ति हुन्छ र गर्छु भन्ने अठोटका साथ आपूm यहाँ आएको उनले बताए ।

राष्ट्रिय मुक्ति क्रान्ति यो देशमा हुन्छ हुन्छ,उनले भने ।’ नेपाल बाहुन क्षेत्री,आदिवासी जनजाति,मधेसी,थारु,दलित सबैको देश भएको उनले बताए । सबै मिलेर देशको शासन र संबिधान बनाउनु पर्ने कुरामा उनले जोड दिए ।

मधेसको मुद्दा लिएर सत्तामा पुगेका चार मधेसबादी दलहरु सत्ताको अघि पछि मात्रै घुमिरहेकोले आफुले पार्टी छाडेको उनकोे भनाई थियो ।सत्ताको जञ्जालमा नफसेर आफनो अभियानमा आएर जोडिन समेत मधेसबादी दलहरुलाई उनले आग्रह गरे ।

अधिकार पहिचान,सुशासनको कुरा गर्ने तथा सभ्यता र सँस्कृति जोगाउनेहरु समेत एकजुट हुनुपर्ने उनले जनाए । केपी ओलीले होली वाईन सभ्यता ल्याउने प्रयास गरेको बताए ।

नेपालमा कम्युनिष्टको पतन अनिवार्य भएको उनले बताए । सभ्यता र सँस्कृतिको नाश गर्ने कम्युनिष्टको पतन नेपालमा नभई केही पनि हुन नसक्ने उनले जनाए ।

कम्युनिष्टको पतन हुनैपर्ने जिकिर महतोले गरेका थिए । पत्रकार सम्मेलनमा अभियानमा जोडिएका अन्य नेताहरुको समेत सहभागिता रहेको थियो ।

Leave a review