Sajhedari Daily
Latest News from Nepal

बिना दाईजो बिवाह गर्ने बेहुला पक्षलाई प्रसौनी गाउँपालिकाद्धारा सम्मान

रञ्जन यादव/
बिना दाईजो बिवाह गर्ने बेहुुला पक्षलाई बाराको प्रसौनी गाउँपालिकाले सम्मान गरेको छ । प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुुप्ताले बेहुुला अनवारुल हक अंसारीलाई सम्मान गरी प्रोत्साहन स्वरुप उपहार प्रदान गर्नुुभएको हो ।

प्रसौनी गाउँपालिका वडा नम्बर ४ निवासी अंसारीले वीरगंज महानगरपालिका वडा नम्बर २ निवासी समिना प्रबिनसँग बिना दाईजो मुुस्लिम परम्परा अनुुसार बिवाह गरेका थिए ।

गाउँपालिका अध्यक्ष गुुप्ताले बेहुुलाका बुुवा अलियास अंसारीलाई मुुक्त कण्ठले प्रशंसा गर्दै सम्मान स्वरुप दोसल्लाह ओढाउनुुभएको थियो । अध्यक्ष गुप्ताले प्रसौनी गाउँपालिकालाई दोईजो प्रथा मुुक्त गाउँपालिका बनाउँने अभियान लिएर गाउँपालिका अगाडी बढीरहेकाले छोराछोरीको बिवाह गर्दा दाईजो लिने वा दिने प्रथालाई त्याग्नुुपर्नेमा जोड दिएका छन ।