वीरगञ्ज : विश्व पर्यटन दिवसको अवसरमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका पाहुनाहरुलाई शुक्रबार भव्य स्वागत गरिएको छ।
वीरगञ्ज महानगरपालिका–१६ ईनर्वास्थित मुख्य भन्सार नाकाबाट नेपाल भित्रिएका पाहुना तथा पर्यटकहरुलाई स्वागत नाकामै भव्य स्वागत गरिएको हो ।
नाकामै होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाईस्वागत गरेको हो । वीरगञ्ज नाका भएर भारतबाट बाबाहरु आएका थिए।
उनीहरुलाई फुलमाला तथा दही खुवाएर स्वागत गरिएको हो। कार्यक्रममा होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पाहुनाहरुलाई स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक राधेश्याम धिमालको विशेष उपस्थिति रहेको हो। स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,पर्सा उपाध्यक्ष युवराज खड्का लगायतको सहभगिता रहेको थियो ।

