प्रहरी कारवाहीको सिलसिलामा बैशाख १५ र १६ गते दिउसो जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेत गरी ३० स्थानमा अपराध नियन्त्रण,रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको टोलीले भिगोरियस चेकिङ गरि ट्राफिक नियम विपरित चलाईएका एक सय चार सवारी साधनहरूलाई कारवाही गरेको छ ।
कारवाही स्वरुप प्रहरीले ८८ हजार ५ सय रुपैयाँको राजश्व संकलन गरेको छ ।
नियमित जाँचको क्रममा प्रहरीले २ सय १० सवारी साधनहरूलाई कारवाही गरेको छ ।
यसबाट एक लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले कुल सवारी साधन ३ सय १४ लाई कारवाही गरी जम्मा रू.२ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरू समेत संचालन भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

