Sajhedari Daily
Latest News from Nepal

अबैध रुपमा भित्रीएको भारतीय मोटरसाईकल भन्सारमा चलान

पर्सा प्रहरीले अबैध रुपमा भित्रीएको नौ वटा भारतीय मोटरसाईकल नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाएको छ ।

प्रहरीले कागजपत्र नभएका बिभिन्न कम्पनीका नौ वटा भारतीय नम्बर प्लेटका मोटरसाईकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

उक्त मोटरसाईकलहरुको बजार मुल्य ५ लाख ९० हजार रहेको प्रबक्ता खनालले बताए ।

 

Comments are closed.

error: Content is protected !!