जीतपुर : सिमरामा शुक्रवारदेखी दुई दिने स्तन तथा पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन भएको छ ।
सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त शिविर भएको हो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. सौजन्य कर्माचार्यको नेतृत्वमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलबाट आएको चिकित्सकको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
शिविर शनिबार विहान ११ बजेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।शिविरमा चिकित्सकले महिलाको स्तन तथा पाठेघरको मुखमा समस्या रहे नरहेको परीक्षण गर्नुका साथै समस्या देखिएका महिलालाई आवश्यक उपचारका लागि परामर्श र सुझाव दिनेछन् ।
शिविरमा परीक्षण गर्नका लागि सेयर सदस्यलाई ३ सय ५० र अन्यलाई चार सय शुल्क राखिएको छ ।

