महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मी पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 545 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रौतहटको कटहरिया नगरपालिका–२ घर भई हाल निजगढ नगरपालिका–११ रतनपुर बजार टोलमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका २६ वर्षीय प्रमोद साह बनियालाई पक्राउ गरेको हो ।

हिजो भदौ ७ गते आइतवार दिउँसो करीब ११ः५५ बजे उपचारका लागि गएकी रतनपुरीकै एक १८ वर्षीया विवाहिता महिलालाई उपचारका नाममा एक्लै पारी अचेत हुने सुई लगाई उनीमाथि जबरजस्ती करणी प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

ती महिलामाथि अभद्र व्यवहार गर्दै करणी गर्ने हर्कत गर्न थालेपछि अर्धचेत महिला भागेर घर पुग्ने क्रममा बाटैमा अचेत हुन पुगेको पीडित महिलाकी पति विजय गोलेले बताएका छन्। स्वास्थ्य सेवा जस्तो मानवीय सेवा दिने स्वास्थ्यकर्मीले महिलामाथि नै अमानवीय कार्य गर्न खोजेपछि कडा कानूनी कारबाही गर्नुपर्ने भनी पीडित महिलाका पति गोलेले सोमवार इलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएका छन् ।

महिला पेटको उपचारका लागि स्वास्थ्य क्लिनिक गएकी थिइन ्। यता आरोपित स्वास्थ्यकर्मीलाई हिजो दिउँसो नियन्त्रणमा लिई अनुसन्धान थालिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले साझेदारीलाई बताए ।

बारामा महिला हिंसा न्यूनीकरण गर्न भन्दै स्थानीय तहहरूले अन्तत्र्रिmया, गोष्ठी, रयाली बर्सेनि गर्दै आइरहे पनि खासै न्यूनीकरण भएको छैन । बारामा एक वर्षभित्र ४५ वटा जबरजस्ती करणीका घटना भएका छन् भने २३ वटा करणी प्रयासका घटना भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको छ।

समाचार शेयर गर्नुहोस
Leave a review