बारामा लाखौं रुपैयाँ बराबरको भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

साझेदारी दैनिक
314 पाठक संख्या

कलैया : बाराको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले पाँच लाख १६ हजार पाँच सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बाराको पचरौता नगरपालिका वडा नं. ०१ पिपरपातीस्थित बिओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यमानन्द चमारको कमाण्डमा खटिएको टोलीले अवैध सामान नियन्त्रणमा लिएको छ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ४७ हजार पाँच सय रुपैयाँ बराबरको सुख्खा सूर्ति र मोटरसाइकल गरी एक लाख मूल्य गरी एक लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको मोटरसाइकल र सुख्खा सूर्ति बरामद गरेको छ।

बाराको सिम्रौनगढ नगरपालिका – ९ पिठुवाघाट स्थित सीमा ईलाकामा वि.ओ.पि.गोलागंजबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक तिलकबहादुर गुर्माछानको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ६९ हजार ५० रुपैयाँ बराबरको चप्पल र मोटरसाइकलको एक लाख गरी जम्मा मुल्य १ लाख ६९ हजार ५० रुपैयाँ बराबरको चप्पल र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै कलैया उपमहानगरपालिका वडा नं. १० निलकण्ठवा सीमा ईलाकामा एफ.ओ.बि. निलकण्ठवाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोबिन्द चौधरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य एक लाख बराबरको मोटरसाइकल पार्टस र चप्पल बरामद गरेको छ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा सीमा ईलाकामा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक रामसरण सिलवालको कमाण्डमा खटिएको मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ३/४ जना ब्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको २५ हजार मूल्य बराबरको किराना सामान अन्दाजी मुल्य रु. ४५ हजार बराबरको १ कार्टुन कपाल काट्ने मेसिन र मुल्य रू. ३० हजार रूपैया बराबरको राजनिवास गरी जम्मा मुल्य रु. १ लाख बराबरको सामानहरु बरामद गरेको जनाइएको छ।

उक्त बरामद सबै सामान विरगञ्ज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएका छन् ।

Leave a review