बारा : पर्सागढी नगरपालिका वडा नं.२ झाँगड टोलबाट पाँच थान साल काठको गोलिया बरामद भएको छ ।
बिन्दाबासिनी कोईलाभार बड्नियार साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रिजवान आलमको नेतृत्वमा गएको बनको टोलीले गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजन अधिकृत मञ्जुर अहमदले जानकारी दिए।
विशेष सूचनाको आधारमा गएको वन टोलीले घरको पछाडि लुकाईछिपाई बाँसको घाँरीमा गोलिया चिरिरहेको अवस्थामा काठको गोलिया नियन्त्रणमा लिएको हो ।
काँठ चिर्ने मानिसहरुलाई पक्राउ गर्न लखेटिए पनि उनीहरु फरार हुन सफल भएको बिन्दाबासनी कोईलाभार बड्नियार साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष आलमले जानकारी दिए।
दिउँसो १ बजे बन टोलीले काँठ बरामद गरेपनि त्यहाँबाट ल्याउँन स्थानीय महिलाहरुको अवरोधले बन टोलीलाई हम्मेहम्मे परेको थियो । करिब ४ घण्टाको लामो प्रयासले ५ थान काठको गोलिया ल्याउँन सफल भएको साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष आलमलले जानकारी दिए।
बरामद काठ करिब ३० क्युफिटको रहेको छ । काठ बरामद टोलिमा डिभिजन बन कार्यालय,बड्निहार सब डिभिजन बन कार्यालय र साझेदारी बनको टोली गरी १२ जनाको सहभागिता रहेको थियो।

