सुर्यज्योति लाइफ इन्स्योरेन्सले दुई करोडको लक्ष्य पूरा गर्दै मनायो खुशियाली

संदिप प्रसाद यादव
721 पाठक संख्या

कलैया : सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कलैया शाखाले दुई करोड रुपैयाँको बीमा प्रिमियम संकलन लक्ष्य पुरा गरेपछि खुशियाली मनाएको छ।

बाराको कलैयास्थित कटिया स्टेशनको सभा हलमा बुधबार आयोजित कार्यक्रममा केक काटेर कलैया शाखाले खुशियाली मनाएको हो ।

सोही कार्यक्रममा जेठ महिनाको लक्ष्य पुरा गर्दै मधेस प्रदेशमा टप स्थान हासिल गर्ने एजेन्सी म्यानेजर भावना कर्ण र नबिना श्रेष्ठलाई सम्मानित भएकी थिइन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादवले थोरै लगानीबाट पनि दीर्घकालीन लाभ लिन सकिने भन्दै १० हजार रुपैयाँको लगानीबाट लाखौं रुपैयाँ प्राप्त गर्न सकिने बताए। उनले स्वास्थ्य र जीवन बिमा गर्न सबैलाई आग्रह पनि गरे।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले बिमा जीवनको सुरक्षा ग्यारेन्टी भएको बताउँदै, “बिमा गरेपछि मान्छे मर्दैन“ भने ।

कार्यक्रममा मधेस प्रदेशका प्रमुख ताराबहादुर दहालले कलैया शाखाले यो वर्षको असार महिना भन्दा पहिना नै दुई करोड रुपैयाँ संकलन गर्न सफल भएको जानकारी दिए ।

मधेस प्रदेशका प्रमुख ताराबहादुर दहालको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष रामेश्वर प्रसाद यादव,६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहार, कलैया शाखाका प्रबन्धक मुकेश पण्डित कुम्हाल,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरिओम साह,सुर्यज्योति इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख प्रमेश्वर नाथ साह,बिमित सदस्य तथा कर्मचारी,पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Leave a review