भारतीय कारको ठक्करबाट छ वर्षीया बालिकाको मृत्यु

संदिप प्रसाद यादव
311 पाठक संख्या

बारामा भारतीय नम्बर कारको ठक्करबाट एक छ वर्षीय बालिकाको मृत्यु भएको छ ।

जिल्लाको परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीस्थित गण्डकबाट वीरगञ्ज तर्फ जाँदै गरेको डिएल १ सि एच २३६० नम्बरको कारले मंगलबार पैदल यात्रीलाई ठक्कर दिदा बालिकाको मृत्यु भएको हो ।

सोही ठाँउमा बस्ने ऋषि मुनि साहको छोरी अन्दाजी ६ वर्षकी प्रिति कुमारी साहको मुख र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

घाइते बालिकालाई उपचारको लागि परवानीपुरस्थितमा रहेको एल.एस. न्युरो अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा सवार सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया बस्ने ३७ वर्षीय मुकेशप्रसाद यादव घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

त्यस्तै गाडिमा सवार भारतको मोतिहारी ग्राम भदहज बस्ने अन्दाजी २७ वर्षीय मनिष कुमार यादवको दुबै हातमा चोट लागेको छ ।

भारतीय नम्बरको कार र कारमा सवार दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review