तीन फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
338 पाठक संख्या

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले गाली बेईज्जति मुद्दामा अदालतबाट एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना पाएकी जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ ईटियाही बस्ने अन्दाजी ५५ वर्षकी पशुपती देवी कनुईनलाई पक्राउ गरेको छ ।

त्यस्तै अस्थाई प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको सुवर्ण गाँउपालिका वडा नम्बर १ चरमोहना बस्ने अन्दाजी ४२ वर्षीय राजकुमार सिंहलाई पक्राउ गरेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले वन मुद्दामा अदालतबाट चार सय ७८ रुपैयाँ ३३ पैसा जरिवाना पाएका कोल्हवी नगरपालिका वडा नम्बर २ बगेवा टोल बस्ने अन्दाजी २४ वर्षीय मुकेश माझीलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review