वीरगन्ज : लागू औषध मुद्दामा अदालतबाट सजाय पाएर फरार रहदै आएका प्रतिबादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका वडा नं.१६ नगवा बस्ने ४१ बर्षका चन्दनकुमार रौनियार रहेका छन् ।
उनलाई जिल्ला अदालतले २०६१ असार १३ गतेको फैसलाले लागु औषध चरेश मुद्दामा दोषी ठहर गर्दै दुइ बर्ष ७ महिना कैद र दश हजार जरीवाना दण्ड सजायको फैसला तोकेको थियोे ।
सोही बेलादेखि फरार रहदै आएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले पक्राउ गरेको हो।
नगवाबाट बिहीबार उनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए ।यस्तै बिहीवार नै उक्त टोलिले विभिन्न मुदामा चौबीस हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिबादीलाई पक्राउ गरेको उनले बताए।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहिको लागि अदालतमा बुझाइएको भट्टले बताए ।

