वीरगञ्जका असहाब आलमसहित ४५ जना सहिद घोषणा

साझेदारी दैनिक
258 पाठक संख्या

वीरगञ्ज : नेपाल सरकारले सोमबार वीरगञ्जका असहाब आलमसहित ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गरेको छ । भदौ २३ र २४ गते जेन–जी पुस्ताद्वारा राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राखी भएको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय हो।

मन्त्रिपरिषद् बैठकले पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय असहाब आलम ठकुराइ सहित ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।

काठमाण्डौँ लगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिएको जानकारी दिएका हुन्। भदौ २३ गते काठमाडौँको गोङ्गबुमा पठाओ राइडरका रूपमा यात्रु बोकेर जाँदै गर्दा गोली लागेर निधन आलमको निधन भएको थियो। उनको पेट र छातीमा गोली लागेको थियो।

मात्र दुई महिना अघिमात्र वैवाहिक बन्धनमा बाँधिएका आलम विगत तीन वर्षदेखि काठमाडौँमा स्नातक अध्ययन गरिरहेका थिए। उनी जीविकोपार्जनका लागि बस्दै आएका थिए। वीरगञ्जको ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ (व्यवस्थापन) उत्तीर्ण गरेका उनी पठाओ राइडरको काम गर्दै अध्ययन गरिरहेका थिए।

Leave a review