महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखाले ३० औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमवीच मनाएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ बजार स्थित रहेको बैंकको शाखा कार्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।
शाखाका प्रमुख अरुण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी एवम् वरिष्ठ अधिवक्ता प्रहलाद गौतम तथा उनकी श्रीमती बिन्दु शर्मा गौतमले केक काटेर वार्षिकोत्सब मनाएका हुन् ।

यसैबीच ३० औं वार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सेवाग्राही कलैया उपमहानगरपालिका वार्ड नम्बर १ का शारीरिक अशक्त सुभाष साह सोनारलाई ट्राई साइकल हस्तान्तरण गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै बैंकको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा अपरेसन इन्चार्ज सबिन सिग्देल,लोन डिपार्टमेन्टका मनोज गुप्ता,शेष साह,मनिता साह,अनिकेत गुप्ता,सबै भन्दा पुरानो कर्मचारी नरहरि चौधरी लगायतका कर्मचारी तथा बैंकका सेवाग्राहीहरु लगायतका विशेष उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन बैंकका कर्जा प्रमुख बिपिन चौधरीले गरेका थिए ।

