सर्लाही : भारतको सितामढीबाट एक नेपाली बालिकालाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास यादवको नेतृत्वमा बालिकाको उद्धार गरिएको हो। भारतीय प्रहरीसँग समन्वय गर्दै उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीको चक्रहरिया गाउँपालिका–खोरियाबाट जेठ २२ गते ति बालिका हराएकी थिइन्। बालिका भारत पुगेको सूचना प्राप्त भएपछि खोजी कार्य प्रहरीले तीव्र बनाएको थियो।
बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। यादवले बालिका भारतको सितामढीमा रहेको पत्ता लगाए। उनले भारतीय प्रहरीसँग समन्वय गर्दै ति बालिकाको उद्धार गरेका हुन्।
सर्लाहीका डिएसपी सरोज राईले सुरक्षाकर्मीबीचको सहकार्यकै कारण बालिका छोटो समयमा उद्धार भएको रसमन्वयकारी रूपमा काम गर्दा यस्तो जटिल समस्या समाधान भएको जनाए। वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले यादव नेतृत्वको टोलीको सक्रियता प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे।
ईलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत रहेका छन्। उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला तथा बालबालिका सेवा कक्षमा कार्यरत रहँदा २५ जना नेपाली बालबालिकालाई भारतबाट सकुशल उद्धार गरिसकेका छन्।
१८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा उनले बुझाएका हुन्।

