भारतको पश्चिम चम्पारण चुनावको लागि बाराका सीमानाका तीन दिन बन्द हुने

संदिप प्रसाद यादव
309 पाठक संख्या

भारतको बिहार राज्यको सीमाना बारा जिल्लाका सीमानाकासंग जोडिएको क्षेत्र तिन दिनसम्म बन्द रहने भएको छ ।

बिहारको पश्चिमी चम्पारणमा लोकसभा चुनावलाई दृष्टिगत गर्दै बाराका सीमानाका तीन दिन बन्द रहने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले सोमबार एक सूचना जारी गरी भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि सिमानाका बन्द गर्न लागिएको जनाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा सीमानाका बन्द हुने जनाइएको हो ।

सूचनामा अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सीमानाका बन्द हुने उल्लेख छ ।

पश्चिम चम्पारण,बेतिया (बिहार)को पत्रबाट चुनावको लागि सीमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सीमानाका बन्द गरिने सूचनामा बताइएको छ ।

Leave a review

This will close in 0 seconds