वीरगंज–पथलैया ब्यापारिक मार्गको काम छिटो गर्न ब्यापारिहरुकोे दबाब

साझेदारी दैनिक
साझेदारी दैनिक 473 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
व्यापारीहरुले निर्माणाधिन बीरगंज–पथलैया ब्यपारिक मार्गको काम छिटो छरितो ढङ्गले सम्पन्न गर्न आयोजनालाई दवाव दिएका छन ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सभाहलमा सोमवार एक कार्यक्रमको आयोजना गरी ब्यपारीहरुले सड्क चाडै निर्माण गर्न बीरगंज– पथलैया ब्यपारिक मार्गको कार्यालयलाई दबाब दिएका हुन् ।

ब्यापारिक मार्गका कार्यालय प्रमुख ईन्जिनीयर संजय मिश्रसँग सिमरादेखि जीतपुरको गढीमाई मन्दिरसम्म सड्क खण्डको काम हालसम्म बन्न नसकेको प्रती नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले  चिन्ता ब्यक्त गरेका थिए ।

ब्यापारिहरुले मुख्यमार्गमा  भएको  खाल्डाखुल्डीका कारण दुर्घटनामा बृद्धि भएकोप्रती ब्यपारिक मार्गको कार्यालय प्रमुख ईन्जिनीयर मिश्रलाई अवगत गराएका थिए । ब्यापारिक मार्गले निर्माण भएको  अधुरो नालामा जमेको पानीले  लामखुट्टेको बिगबिगी बढेको र ससाना बालकहरु  त्यसमा डुब्ने गरेको प्रति सचेत गराएका थिए  ।

ब्यपारिक मार्गका प्रमुख संजय मिश्रले ठेक्कदार कम्पणीको लापरबाहीले काममा ढिला सुस्ती भईरहेको जानकारी दिएका छन । प्रमुख मिश्राले असार २१ गतेदेखि रोकिएका कामहरु सुरु हुने बताए । सय दिनभित्रमा रोकिएका अधुरा सम्पुर्ण कामहरु पुरा हुने प्रतिबधता जनाएका छन । आयोजनाको पुरै काम २०७७ साल पुस मसान्तसम्ममा सक्ने आयोजनाको लक्ष्य छ ।

समाचार शेयर गर्नुहोस
Leave a review