विभिन्न श्रृंखलाबद्ध हत्या,चोरी,डकैतीमा संलग्न गिरी पक्राउ

साझेदारी दैनिक
303 पाठक संख्या

एक सरकारी अधिकृत सहित दुई व्यक्तिको हत्या सहित विभिन्न श्रृंखलाबद्ध चोरी,डकैतीमा संलग्न रहेको आरोप फरार एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ बलुवाका ७२ बर्षिय प्रेम गिरी हुन ।

गिरीलाई प्रहरीले आईतवार पक्राउ गरेको हो । दुई व्याक्तिको हत्या, डाँका मुद्दा र हातहितयार तथा खरखजाना मुद्दामा समेत अदालतबाट दोषी ठहर भई सजाय समेत तोकिएका गिरी लामो समयदेखी फरार थिए ।

गिरीले करिब १६ बर्ष अघि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतको गोली हानी हत्या गरेर फरार भएका थिए ।

२०६५ असोज २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ बर्षिय मोहन प्रसाद मैनालीको गोली हानी हत्या गरेका थिए।

त्यसअघि गिरीले २०५७ भदौ १२ गते पर्साकै विन्दबासिनी गाँउपालिका ४ का ३०कर्षिय देवेन्द्र यादवको घरमा डकैती गर्ने क्रममा गिरीसहितको डाँका समुहले यादवको गोली हानी हत्या गरेका थिए ।

उनले अधिकृत मैनाली र यादवको हत्या गर्ने,हातहितयार तथा खरखजाना मुद्दामा पनि फरार अभियुक्त रहेका थिए ।

अपराधिक गतिविधिमा संलग्न गिरी नेपाल प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सुचीमा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds