उपप्रमुख आफैंले गरिन् नगरपालिकामा तालाबन्दी

साझेदारी दैनिक
359 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा उपप्रमुख नजमु शेहरले बुधबार तालाबन्दी गरेकी छन ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकालाई एकलौटी चलाउन खोजेको आरोप लगाउदै उपप्रमुख नजमु शेहरले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेकी हुन ।

नगर प्रमुख कलवार र हाकिमले आफु न्यायीक समितिको संयोजक भएपनि न्यायीक समिति सञ्चालन गर्न नदिएको,नगर प्रमुख कलवारले आफु निकट कर्मचारीहरुको तलब मात्र निकासा गरेको,अरु कर्मचारीको तलब निकासा नगरेको उपप्रमुख शेहरले आरोप लगाईन । उनले नगर प्रमुखसंग सम्झौता भएपछि मात्र ताला खोल्ने बताएकी छन ।

यता नगर प्रमुख कलवारले आफुले कुनै कर्मचारीको तलब रोका नगरेको, उपप्रमुखले किन तालाबन्दी गरेको आफुलाई केही थाहा नभएको नगरप्रमुख कलवारले प्रतिकृया दिएका छन ।

उनले ताला खुल्ले पछि मात्र सम्झौता गर्ने बताएका छन । नगरप्रमुख र उपप्रमुख समाजबादी लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका हुन ।

नगरपालिकाको मुल गेटमा तालाबन्दी गरिएपछि सेवाग्राहीहरु मारमा परेका छन । नगरपालिकाको कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु कार्यालयमा तालाबन्दी भएपछि खाली हात फर्किन बाध्य भएका छन । बिभिन्न आरोप प्रत्यारोपमा बिगत अढाई बर्षदेखि सिम्रौनगढ नगरपालिकामा बिकासको काम कामकाज प्रभावित हुदै आएको छ ।

Leave a review

This will close in 0 seconds