सिरोहिया पक्राउ,घटनाप्रति महासंघ र युनियनको गम्भीर ध्यानाकर्षण

साझेदारी दैनिक
368 पाठक संख्या

नेपाल सरकारले कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनामा नेपाल पत्रकार महासंघ काठमाण्डौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी महआसंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।

सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रति लागेको आरोप उपर कान्तिपुर दैनिक त्यस्को सम्पादकीय नेतृत्व,तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित,गरिने गरी लामिछानेले दिएको अभिव्यक्तिहरुले सिरोहियालाई पक्राउ गर्ने घटना प्रतिशोधपूर्ण रहेको विज्ञप्तिमा लेखिएको छ ।

कानुन अनुसार अनुसन्धानमा जहिले पनि साथमा रहेपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट राज्यशक्तिको दुरुपयोग महासंघले स्वीकार नगर्न विज्ञप्तिमा भनिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालन गर्न महासंघले सरकारसंग माग गरेको छ। यसैगरी नेपाल प्रेस युनियनले सिरोहियालाई पक्राउ गर्नुको घटनाको निन्दा गरेको छ ।

युनियनका महासचिव दिलिप पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी घटनाको निन्दा गरेका हुन् । उनले यसले प्रेस स्वतन्त्रताको हनन् गरेको जनाएका हुन् ।

कान्तिपुर पव्लिकेशनका अध्यक्ष सिरोहियालाई प्रहरीले कान्तिपुर दैनिक कार्यालयको परिसरबाट पक्राउ गरेको थियो ।

Leave a review