राम मण्डल/
पर्सामा ४३ जना थुनुवासहित १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेका ४३ जना थुनुवाहरुमा पनि संक्रमण देखिएको छ ।
यस्तै पर्साको पर्सागढी नगरपालिकाका दुई जना, बारा जिल्लाका चार जना र रौतहट जिल्लाका चार जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिनेमा बीरगञ्ज महानगरपालिका २५ र्सिर्सियाका २२ जना रहेका छन । यस्तै सेनाका ५,पशु अस्पतालका १,नेशनल मेडिकल कलेजका १ जनामा समेत कोरोना सँक्रमण देखिएको छ। संक्रमितहरु मध्ये अधिकांश बीरगञ्ज महानगरपालिकाका स्थानीयबासीहरु रहेका छन । बीरगञ्जको छपकैया,अलौ,आदर्शनगर,रानीघाट,लगायतका टोलहरुमा कोरोना संक्र्रमितहरु भेटिएका छन ।