भवन निर्माणकोलागि १ करोड १८ लाख सङ्कलन

रञ्जन यादव
400 पाठक संख्या

नेपाल दशनामी समाजले कार्यालयको घरजग्गा ब्यवस्थापनकोलागि आर्थिक स्रोत सङ्कलनकोलागि मेचिदेखि महाकाली अभियान अन्तर्गत जीतपुरमा कार्यक्रम गरेको छ ।

गिरी,पुरी,भारती,वन,पर्बत,सागर,सरस्वती,आश्रम आवण्य,तीर्थ लगायतका थरहरु दशनामी समाजले लेख्ने गर्दछन् । अभियान अन्तर्गत जीतपुरमा १ करोड १८ लाख रुपैया सङ्कलन भएको नेपाल दशनामी समाजका राजुराज गिरीले जानकारी दिए ।

त्यस्तै दशनमी समाजले जीतपुरसिमरा उपमहानगरपालिकामा कपुर राज पुरीको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बिर बहादुर भारती, सचिवमा अनिल कुमार गिरी,सहसचिवमा नितेश गिरी,कोषाध्यक्षमा रिना पुरी,सदस्यमा निरज पुरी,मुकेश गिरी,महान गिरी,परमा गिरी,सुरेश गिरी,श्याम पुरी लगायत रहनुभएको छ ।

नेपाल दशनामी समाजको अध्यक्ष रामचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्द बिश्रम गिरी रहनु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण चौधरी,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल,निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी,समाजसेवी कृष्णब्रत सिँह,दशनामी समाजका संस्थापक सदस्यहरु प्रशुराम गिरी,राजेश्वर गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a review